हङकङ र नेपालको खेल रद्द : नेपाल समूह चरणबाटै बाहिरियो

काठमाडौं । एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कप अन्तर्गत नेपाल र हङकङबीचको खेलका कारण रद्द भएको छ ।

एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपाल र हङकङबीचको खेल टस समेत हुन नसकि रद्द भएको हो । खेल रद्द भएसँगै नेपाल र हङकङले १-१ अंक बाडेका छन् ।

अंक बाडेसँगै नेपालको सेमिफाइनल प्रवेशको सम्भावना समाप्त भएको छ ।

हङकङलाई पराजित गरि नेपाल इमर्जिङ टिम्स एसिया कपको सेमिफाइनलमा प्रवेशको सम्भावना जिवित राख्न चाहन्थो । नेपाल र हङकङ बाहिरिएसँगै भारत ए र पाकिस्तान ए यस समूहबाट सेमिफाइनल प्रवेश गरेका छन् ।

प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तान ए सँग पराजित भएको थियो । बिहीबार भारत ए सँगको दोस्रो खेल भने बर्षाका कारण रद्द भएको थियो ।

थाईल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले प्रतियोगितामा सहभागिताको अवसर पाएको हो ।

एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागीता हो ।

सेमिफाइनल १९ जुनमा हुनेछ । फाइनल २१ जुनमा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर