गार्सिया नापोलीको मुख्य प्रशिक्षक

काठमाडौं । इटालियन सिरी ए च्याम्पियन नापोलीले रुडी गार्सियालाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

नापोलीले लुसियानो स्पालेट्टीको स्थानमा गार्सियालाई अनुबन्ध गरेको हो ।

नापोलीलाई ३३ वर्षपछि सिरी ए उपाधि दिलाएर लुसियानोले क्लब छाडेका थिए ।

५९ वर्षीय प्रशिक्षक गार्सियाले हालै साउदी अरेबियन क्लब अल नसर छाडेका थिए ।

त्यसअघि उनले रोमा, लियोन र मार्सेलीको टोली सम्हालेका थिए । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर