क्रिस स्मलिङ रोमामै बस्ने

काठमाडौं । इटालियन क्लब रोमाका डिफेन्डर क्रिस स्मलिङले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।

इंग्लिस डिफेन्डरले रोमासँग थप दुई वर्षको सम्झौता गरेका छन् ।

स्मलिङ २०१९ मा प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडबाट लोनमा रोमा आएका थिए ।

उनलाई रोमाले २०२० मा स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको थियो ।

३३ वर्षीय डिफेन्डर २०२५ सम्म रोमामा रहने छन् ।

स्मलिङले रोमाका लागि १४३ खेलमा १० गोल गरेका छन् ।

इंग्ल्यान्डका लागि उनले ३१ खेल खेलेका छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर