एनएमसीमा ओपिडी सेवा बन्द जारी

काठमाडौं – जोरपाटीस्थित नेपाल मेडिकल कलेजले अस्पतालमा तोडफोड गर्ने माथि कारबाही नभएसम्म आफ्ना ओपिडी (बहिरंग) सेवा बन्द गर्ने भएको छ। घटना भएको तेस्रो दिनसम्म पनि दोषी माथि कारबाही नभएको भन्दै अस्पतालले आन्दोलन जारी राखेको छ। हालसम्म दोषी माथि कारबाही नभएकाले आन्दोलन जारी राख्नु परेको अस्पतालका चिकित्सक डा चन्द्रिका शाहले बताए। गत जेठ २८ गते भर्ना भई उपचाररत गोकर्णेश्वर नगरपालिकाका ७१ वर्षीय एक बिरामीको विषयलाई लिएर अस्पतालमा केही व्यक्तिहरुले गएको मंगलबार साँझ ५ बजे अस्पताल परिसरमा नाराजुलुस र हुलहुज्जत गरी अस्पताल तोडफोड गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर