आजलाई टर्‍यो समाजवादी मोर्चा घोषणा

काठमाडौँ । आज माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी जनता समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपासहितको समाजवादी मोर्चा घोषणा हुने बताएता पनि आन्तरिक तयारी नपुगेको भन्दै घोषणाको दिन पर सरेको छ ।

सत्ताधारी नेकपा माओवादी केन्द्रसहितका दलहरुले मोर्चा गठन गर्ने बताएका थिए । समाजवादी मोर्चामा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा सहभागी हुने निश्चित भइसकेको छ ।

मोर्चामा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलाई पनि सामेल गर्ने प्रयास भइरहेको बुझिएको छ । डा. भट्टराईले बृहत् समझदारीसहित मोर्चामा आफ्नो पार्टी सामेल हुने भन्दै बाहिर चलेका हल्लामा नबग्न सबैसँग आग्रह गरेका छन् ।
एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाका अनुसार दलहरुको आन्तरिक तयारी नपुगेकाले आज मोर्चा घोषणा नहुने भएको हो । उनले अझै एक–दुई दिन लाग्ने नै जस्तो देखिएको जानकारी दिए ।

मोर्चाबारे छलफल गर्न शुक्रबार बिहान एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको अनौपचारिक बैठकसमेत बसेको थियो । बैठकमा सो पार्टीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसाल अनुपस्थित भएकाले औपचारिक निर्णय भएन । यद्यपि मोर्चामा सामेल हुने र छिटो घोषणा गर्नका लागि पहलकदमी लिने सर्वसम्मत निर्णय भएको नेता खतिवडाले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर