बजेट परिमार्जन गर्न सांसद सुवालको माग

काठमाडौं । देश र जनताको हितका लागि सांसदहरुले छलफलमा प्रस्तुत गरेका सुझावअनुसार बजेट परिमार्जन गर्न सत्तापक्ष तयार हुनपर्नेमा सांसद प्रेम सुवालले जोड दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि सामूहिकरूपमा भएको छलफलमा खर्च कटौटीको प्रस्ताव पेस गर्दै बजेट परिमार्जन गर्न प्रधानमन्त्री र अर्थमन्त्री तयार हुनुपर्ने धारणा उनले व्यक्त गरेका हुन् ।

सहकारीपीडितको समस्या समाधान गर्न सरकारको बेजट केन्द्रित हुनुपर्नेमा जोड दिँदै सांसद सुवालले भने, “खराब सहकारी संस्थालाई सरकारले हस्तक्षेप गर्न जरुरी छ, त्यस्तो सरकारी संस्थालाई अनुमति दिने सरकारका अधिकारीको घरजग्गा जफत गरी सहकारीपीडितको बचत फिर्ता गराउनुपर्छ, सहकारी क्षेत्रको कार्यक्षेत्रलाई स्थानीय तहका वडामा मात्रै सीमित गर्नु जरुरी छ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर