सरोज र करिश्माको ‘बगान’ को नयाँ प्रदर्शन मिति तय

काठमाडौं । अभिनेता सरोज खनालको डेब्यू निर्देशित फिल्म ‘बगान’को नयाँ प्रदर्शन मिति तय गरिएको छ । बिहीबार एक पोस्टर सार्वजनिक गर्दै यही असार २९ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो । यसअघि गत वर्षको फागुन १२ गते फिल्म प्रदर्शनमा आउने तयारीमा थियो । तर, विभिन्न कारणले रिलिज हुन सकेन । असार २९ मा फिल्म ‘बद्री बहादुर’ पनि प्रदर्शनमा आउँदैछ ।

सुरेश वाग्ले प्रस्तुतकर्ता र विनोद मानन्धर कार्यकारी निर्माता रहेको फिल्ममा निर्देशक खनालसँगै करिश्मा मानन्धर, प्रमिल कार्की, नीर शाह, मिथिला शर्मा, बसुन्धरा भुषाललगायतको अभिनय छ भने अभिनेता आकाश श्रेष्ठ विशेष भूमिकामा छन् । फिल्ममा गौरीशंकर धुजुको डिओपी, नारायण जिसी/उत्सव दाहालको छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन छ ।

निर्देशक खनालले फिल्मको माध्यमबाट आफूले विधवा आमाको पनि विवाह गर्नुपर्छ भनेर सवाल उठाएको बताएका छन् । उनी भन्छन्, ‘यदि अल्पआयूमै श्रीमातीको निधन भएपछि पुरुषलाई बाँकीको जीवन विताउन जीवन साथीको खाँचो हुन्छ भने के महिलाहरुलाई हुँदैन ? अब विधूर पिताको मात्र होइन, विधवा आमाको पनि विवाह गर्नुपर्छ । फिल्मले उठाएको सवाल यही हो । ’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर