अष्ट्रेलियाकी एक महिला सांसदले रुँदै भनिन् “संसद भवनभित्र ममाथि यौन दुव्र्यवहार भयो”

काठमाडौं । अष्ट्रेलियाकी एक जना सांसदले सदनभित्रै आफूमाथि यौन दुव्र्यवहार भएको आरोप लगाउँदै महिलाका निम्ति संसद् ‘सुरक्षित स्थान’ नभएको बताएकी छन् । बिहीबारको संसद् बैठकमा रुँदै स्वतन्त्र सांसद लिडिया थोर्पेले आफूमाथि ‘यौन टिप्पणी’ भएको, भर्‍याङ्मा भाग्नै नसकिने परिस्थिति सिर्जना गरिएको केही ‘शक्तिशाली पुरुष’ द्वारा ‘गलत नियतले छोएको र प्रस्ताव’ गरिएको दाबी गरेकी छन् ।

लिबरल पार्टीका सांसद डेभिड भानले आफूमाथि यौन दुर्व्यवहार गरेको पीडित थोर्पेको आरोप छ । डेभिडलाई उनको दलले निलम्बन गरेको छ । उनले आफूमाथि आधारहीन आरोप लगाइएको बताए । आफूमाथि लगाइएको आरोपबाट आफू चकित भएको उनले उल्लेख गरे ।
जब आरोपहरू अष्ट्रेलियाको गम्भीर मानहानी कानुनबाट सुरक्षित थिए, थोर्पेले भने कि भ्यानले यस मामिलामा वकिलहरूलाई संलग्न गराएकी र उनले संसदीय नियमहरू नेभिगेट गर्न आफ्नो मुद्दा पुनः दोहोर्‍याउनु परेको थियो ।

आफूमाथि भएको यौन दुव्र्यवहार बताउँदै पीडितले आफू सदनबाट बाहिरिने बेलामा सँधै सर्वप्रथम सुस्तरी ढोकाबाट हेर्ने, भर्‍याङ र वरपर कोही पुरुष नभएको निर्क्योल गरेर मात्र हिँड्नुपर्ने परिस्थिति उत्पन्न भएकाले संसद् भवन नै महिलाका निम्ति असुरक्षित रहेको गुनासो गरिन् । संसदबाट एक्लै बाहिरिन नसकिने उनको कथन थियो । आफूले भोग्नुपरेको दुर्व्यवहारको शिकार अन्य महिला सांसद पनि भएको तर उनीहरूले आफ्नो ‘करिअर’ लाई महत्त्व दिएकाले त्यसलाई गौण राखेका उनले बताइन् ।
सन् २०२१ देखि अष्ट्रेलियाको राजनीति र संसद् यौन हमला र उत्पीडनका ‘हाइ प्रोफाइल’ काण्डबाट प्रभावित भएको छ । त्यसबेलाकी पूर्वराजनीतिक सहयोगी ब्रिटनी हिगिन्सले कन्जरभेटिप पार्टीका एक जना कर्मचारीले अत्यधिक मदिरा पिएपछि क्याबिनेट मन्त्रीको संसदीय कार्यालयको सोफामा बलात्कार गरेको आरोप लगाएकी थिइन् ।

अष्ट्रेलियाको संसदमा यौन उत्पीडनका घटना बढेपछि सरकारीस्तरमा गरिएको एक अनुसन्धानले पनि सांसद र कर्मचारी यौन हिंसाको शिकार भएका पुष्टि गरेको थियो । अनुसन्धानअनुसार हरेक तीन जनामध्ये एक जना यौन दुर्व्यवहार झेल्नु परेको थियो जसमा त्रिसट्ठी प्रतिशत महिला सांसद कुनै न कुनै रूपमा यौन हिंसाको शिकार भएका थिए । (एजेन्सी)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर