आतङ्कवादी र सुरक्षाकर्मीबीच भएको भिडन्तमा पाँच विदेशी आतङ्कवादी मारिए

काठमाडौं । भारत प्रशासित जम्मु कश्मीरको कुपवाडा जिल्लामा शुक्रबार आतङ्कवादी र सुरक्षाकर्मीबीच भएको भिडन्तमा परी पाँच विदेशी आतङ्कवादी मारिएका छन् ।

कुपवाडा जिल्लाको एलओसीको जुमागुन्ड क्षेत्रमा सुरक्षाकर्मीसँगको मुठभेडमा परी पाँच जना आतङ्कवादी मारिएको अधिकारीले जनाएका छन् ।

सो क्षेत्रमा खोजी अभियान जारी रहेको कश्मीरका अतिरिक्त महानिर्देशक विजय कुमारले पुष्टि गरेका छन् । कारबाहीका क्रममा दुई जना आतङ्कारीलाई नियन्त्रणमा लिइएको छ । त्यहाँ भएको सुरक्षा कारबाहीको विस्तृत विवरण प्राप्त हुन बाँकी छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर