क्यानाडामा ट्रक र बस ठोक्किँदा १५ जनाको मृत्यु

काठमाडौं । क्यानाडाको मनिटोबास्थित कारबेरी सहर नजिकै बिहीबार सेमी ट्रेलर ट्रक र ज्येष्ठ नागरिकले भरिएको बस एक आपसमा ठोक्किँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् ।

मनिटोबाका सुरक्षा सहायक आयुक्त रोब हिलले दुर्घटनाबारे पत्रकारहरूलाई जानकारी दिँदै बसमा सवार २५ जना ज्येष्ठ नागरिकमध्ये गम्भीर घाइते भएका १० जनालाई तत्काल अस्पताल भर्ना गरिएको बताए । दुर्घटनाग्रस्त बस पश्चिमी मनिटोबा सहर डाउफिनतर्फ गइरहेको थियो ।

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले दुर्घटनामा परी आफ्ना प्रियजन गुमाउनेहरूप्रति समवेदना प्रकट गरेका छन् । शोकको यो घडीमा सबै क्यानडेली नागरिक मृतकका परिवारका सदस्यसँगै रहेका उनले ट्विटरमा उल्लेख गरेका छन् । (एजेन्सी)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर