समाजवादी केन्द्र गठनको घोषणा गर्ने तयारी

काठमाडौं । नेकपा एमालेबाहेकका बाम घटकहरुले आज (शुक्रबार) समाजवादी केन्द्र गठनको घोषणा गर्ने भएका छन् । माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र नेत्र विक्रम चन्द नेतृत्वको कम्युनिस्ट पार्टीबीच समाजवादी केन्द्र घोषणा हुन लागेको हो ।

समाजवादी केन्द्र निर्माणको आज औपचारिक घोषणा हुने एकीकृत समाजवादी पार्टीका नेता मेटमणि चौधरीले जानकारी दिए । केन्द्र घोषणाअघि दलहरु आन्तरिक छलफलमा जुटेका छन् । प्रधानन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बालुवाटारस्थित सरकारीनिवासमा केन्द्रमा सहभागी हुने दलका प्रतिनिधिसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । बालुवाटार स्रोतले पनि आज समाजवादी केन्द्र घोषणा हुने जनाएको छ ।

माओवादी केन्द्रका नेता लीलामणि पोख्रेलले समाजवादी केन्द्र निर्माणलाई अन्तिम रूप दिन व्यापक छलफल भइरहेको जानकारी दिए । समाजवादी केन्द्र बनेपछि राजनीतिक रूपमा तत्कालका लागि प्रधानमन्त्री दाहाललाई सघाउ प्ग्नेछ । प्रतिनिधिसभामा माओवादीको ३२, जसपाको १२ र एकीकृत समाजवादीको १० सिट भएकाले समाजवादी केन्द्र गठनपश्चात् प्रतिनिधिसभामा ४४ सिट पुग्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर