लिचीको दाना अड्किएर बालकको मृत्यु
सिन्धुली । गए राति घाँटीमा लिचीको दाना अड्किएर सिन्धुलीमा एक बालकको मृत्यु भएको छ ।
कमलामाई नगरपालिका–६ धुराबजार तामाङका तीन वर्षीय छोरा क्रियान तामाङको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको हो ।
लिचीको दाना अड्किएपछि राति नै उनलाई उपचारका लागि सिन्धुली अस्पताल लगिएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बालकको लिचीको दाना अड्किएर मृत्यु भएको अस्पतालबाट जानकारी प्राप्त भएको बताए ।
प्रतिक्रिया