भारत माइक्रोचिप वा सेमिकन्डक्टरको उदीयमान मुलुक

काठमाडौं । विश्वका दुई ठूला अर्थतन्त्र अमेरिका र चीन दुईबीच तनाव हुन थालेको छ । तर दुवै देश अर्धचालकको विषयमा एकअर्कालाई उछिनेर प्रतिस्पर्धा गरिरहेका छन् । यसैबीच भारतले ठूलो अवसर पाएको छ । भारतले अर्धचालक उद्योगहरूमा आफ्नो उपस्थिति बलियो बनाउन कदम चालेको छ।

भारत उन्नत माइक्रोचिप वा सेमिकन्डक्टरको ठूलो खेलाडीको रूपमा उदाउने सम्भावना छ । गत वर्ष सेप्टेम्बरमा, मन्त्रिपरिषद्ले भारतमा अर्धचालक उत्पादनका लागि ७६,००० करोडको पिएलआई योजनालाई अनुमोदन गरेको थियो। सेमिकन्डक्टर निर्माणको लागि २५,००० करोड रुपैयाँको योजनालाई फेरि अनुमोदन गर्न सक्छ। (एजेन्सी)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर