चक्रपथबाहिरका क्षेत्रमा पनि सिसी क्यामेरा जडान गरिने

काठमाडौं । ललितपुर महानगरपालिकाले ले चक्रपथ बाहिरका वडाहरुमा सिसिटिभी क्यामेरा जडान गर्ने भएको छ । नेपाल प्रहरीसँगको सहकार्यमा महानगरले सुनाकोठी, बुङमती, फर्सिडोल, खोकना, धापाखेल नागदह खण्डमा सिसिटिभी क्यामेर जडान गर्न लागेको हो ।

महानगर र जिल्ला प्रहरी परिसरबीच क्यामेरा जडानसम्बन्धी समझदारीपत्रमा महानगरका प्रमुख चिरीबाबु महर्जन र जिल्ला प्रहरी परिसर, ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षकले बिहीबार हस्ताक्षर गरे । महानगर प्रमुख महर्जनले प्रहरीलाई तीन करोड ५० लाखको चेक हस्तान्तरण गरेका थिए । महानगर प्रमुख चिरीबाबु महर्जनले सिसीटिभी क्यामेरा जडान नभएको रुटमा सिसिटिभी क्यामेरा जडान गर्ने बताए ।

अबको तीन वर्षभित्र महानगरका सबै सडकमा स्मार्ट सडक बत्ती जडान हुने धारणा राख्दै स्मार्ट सडक बत्ती जडान भएको रुटमा सिसिटिभी क्यामेरा जडान गरिने छ । उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले गाँस, बास र कपास पछिको आधारभूत आवश्यकता सुरक्षा भएको बताइन् । उनले सिसिटिभी जडान प्रहरीसँगको महानगरको सहकार्यसँगसँगै नगरवासीको सुरक्षा भएको जानकारी दिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर