युवा स्टार जुड बेलिङघमले रियल मड्रिडमा ५ नम्बरको जर्सी लगाउने

काठमाडौं । इंग्ल्यान्डका युवा स्टार जुड बेलिङघमले रियल मड्रिडमा ५ नम्बरको जर्सी लगाउने भएका छन् ।

ला लिगा जाइन्ट रियलले बेलिङघमलाई ५ नम्बरको जर्सी दिईएको जनाएको छ ।

रियलले उनलाई हालै जर्मन क्लब बोरुसिया डर्टमण्डबाट अनुबन्ध गरेको थियो ।

रियलले १०३ मिलियन युरोमा बेलिङघम अनुबन्ध गरेको हो ।

१९ वर्षीय बेलिङघमले रियलसँग ६ वर्षको सम्झौता गरेका छन् ।

उनी २०२० मा बिर्मिनघमबाट डर्टमण्ड आएका थिए ।

गत वर्ष उनले १९ वर्षको उमेरमै कप्तानी गर्दै क्लबको सबैभन्दा कान्छो कप्तान बनेर इतिहास रचेका थिए ।

बेलिङघमले यस सिजन ४२ खेलमा १४ गोल र ७ असिस्ट गरेका छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर