रिङ रोडमा रहेका टिकट काउन्टरको बोर्ड हटाइने

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरपालिका भित्रका रिङ रोडमा रहेका टिकट काउन्रको बोर्ड हटाउने भएको छ । महानगरपालिकाले असार १ गते शुक्रबारबाट महानगरपालिका भित्रका रिङ रोडमा रहेका टिकट काउण्टरको बोर्ड हटाउने बिहीबार निर्णय गरेको महानगर प्रहरी प्रमुख राजु अर्यालले जानकारी दिए ।

उनले उपयुक्त स्थानमा व्यवस्थित टिकट बुकिङ कार्यालय स्थापनाको लागि कार्यदल गठन गर्ने निर्णय भएको र यात्रु बीचमा चढाउने तथा उतार्ने विषयमा पनि सोही कार्यदलले स्थान तोक्ने निर्णय भएको बताए ।

महानगरपालिकाले जगतमान श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय कार्यदल गठन गरेको छ । सदस्यमा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधि, भीमज्वाला राई, जगनाथ गौतम, दीपक केसी, डेकनाथ गौतम, राजन रोक्का, केदार क्षेत्री, राजेन्द्र आचार्य, नारायण भट्टराई, राजुनाथ पाण्डे, जिल्ला प्रहरी परिषद्, यातायात व्यवस्था विभाग, ल्होत्से बहुउद्देश्यीय प्रा.लि. सदस्य रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर