नाटक ‘ट्रान्जिट’ बाट नाटक अभिनयमा पनि डेब्यु गर्दै शिल्पा मास्के

काठमाडौं । अभिनेत्री शिल्पा मास्के पछिल्लो समय फिल्म ‘परस्त्री’ को कारणले चर्चामा छिन् । फिल्ममा उनी बोल्ड रूपमा प्रस्तुत भएकी छन् । हिन्दी र नेपाली दुई भाषामा नेपाल र भारत एकसाथ रिलिज हुन लागेको फिल्म असार १५ बाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

२०७६ सालमा रिलिज भएको फिल्म ‘द ब्रेक अप’ बाट अभिनय डेब्यु गरेकी शिल्पाले कागजपत्र, सानो मन, कठपुतली, लाइफ इन एलए, फूलबारी लगायत फिल्म अभिनय गरेकी छन् ।

शिल्पा अब नाटक अभिनयमा पनि डेब्यु गर्ने भएकी छन् । उनी उपन्यासकार कुमार नगरकोटीले लेखेको रहेको नाटक ‘ट्रान्जिट’ बाट रङ्गमञ्चमा डेब्यु गर्ने लागेकी हुन् । घिमिरे युवराजको परिकल्पना र निर्देशन रहने नाटकको मञ्चन साउन १ देखि भदौ १ गतेसम्म हुनेछ ।

नाटकमा शिल्पा सहित दिव्य देव, आकांक्षा कार्की, शिल्पा मास्के, वासना तिमल्सिना, मिल्सोन राई र घिमिरे युवराजको अभिनय रहनेछ । शिल्पा नाटक प्रशिक्षणमा जुटिसकेकी छन् । नाटक अभिनयलाई लिएर आफू निकै उत्सुक रहेको उनले बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर