नेपाल र भारत ए बीचको खेलमा बर्षा बाधक रद्द

काठमाडौं । एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा अन्तर्गत नेपाल र भारत ए बीचको खेलमा बर्षा बाधक रद्द भएको छ ।

नेपाल र भारत ए सँगको खेलमा टस बिना नै रद्द भएको हो । खेल रद्द भएसँगै नेपाल र भारत ए ले १-१ अंक बाडेका छन् । अंक बाडेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना कायमै रहेको छ ।

हङकङको मङकङ क्रिकेट मैदानमा खेल बिहान सवा ११ मा सुरु हुने तालिका रहेको थियो ।

थाईल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले प्रतियोगितामा सहभागिताको अवसर पाएको हो ।

एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागीता हो ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा हङकङ, भारत र पाकिस्तानका रहेका छन् ।

नेपालले समूह चरणको अन्तिम खेलमा १७ जुनमा घरेलु टोली हङकङसँग खेल्नेछ ।

समूह ‘बी’ मा मलेसिया, युएई, बंगलोदश र श्रीलंका ‘ए’ रहेका छन् । प्रतियोगिता हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल १९ जुनमा हुनेछ । फाइनल २१ जुनमा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर