‘जय हो’को फस्टलुक पोस्टर सार्वजनिक

काठमाडौं । भदौ ८ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जय हो’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । प्रवद्र्धन अभियानको घोषणा गर्दै निर्माताले बिहीबार दुई पोस्टर सार्वजनिक गरे ।

पोस्टरमा कलाकार सलोन बस्नेत, केकी अधिकारी, अर्पण थापा, निशा अधिकारी र माओत्से गुरुङ फिचर्ड छन् । पोस्टरमा चरित्र लुक्स सार्वजनिक गर्ने प्रयत्न गरिएको छ । मुस्ताङमा छायांकन गरिएको फिल्मले त्यहाँको पात्र र उनीहरुको जनजीवनलाई दर्शाउने प्रयत्न गरिएको छ ।

यस्तै, अर्को पोस्टरमा अभिनेता माओत्से गुरुङ र निशा अधिकारीलाई मुस्ताङको स्थानीय पहिरनमा प्रस्तुत गरिएको छ । सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मको प्रस्तुतकर्ता शोभित बस्नेत हुन् । राज के अधिकारी र सुरज सरकारको लगानी रहेको फिल्मलाई टेक पौरखी राईले निर्देशन गरेका हुन् ।

सौरभ लामाको छायांकन, शम्भुजीत बासकोटा र सागर आलेको संगीत, बनिश शाहको सम्पादन, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लामिछानेको नृत्य, रेनिस फागोको रङ संयोजन, समीर मियाँको भीएफएक्स रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर