नवनियुक्त मुख्यसचिव डा. वैकुण्ठ अर्यालले पदभार ग्रहण

काठमाडौं । नवनियुक्त मुख्यसचिव डा. वैकुण्ठ अर्यालले पदभार ग्रहण गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बिहीबार बिहान बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले उनलाई मुख्यसचिवको पदमा नियुक्त गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत डा. अर्याल एक कुशल र शालीन प्रशासकका रूपमा परिचित छन् । नेपाल सरकारका ७२ जना सचिवमध्ये अर्याल सबैभन्दा वरिष्ठ हुन् । अर्थविद्समेत रहेका डा. अर्यालले अर्थ मन्त्रालयमा रहँदा विभिन्न महत्त्वपूर्ण भूमिका निर्वाह गगरिसकेका छन् ।  २०४९ मा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेका डा.  अर्याल सचिवमा बढुवा भएसँगै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा  थिए ।
गत चैतमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आर्थिक तथा पूर्वाधार विकास हेर्ने गर्थे । अर्यालको पाँच वर्षे सचिवको कार्यकाल असार ३ गते पूरा हुने थियो । यता वर्तमान मुख्यसचिव शंकरदास वैरागीको मुख्यसचिवको कार्यकाल भने आगामी असोज मसान्तसम्म रहेको थियो । यसैबीच, सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वमुख्यसचिव वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकार पदमा नियुक्त गरी शपथसमेत गराएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर