मोटरसाइकल दुर्घटनामा परी चौधरीको मृत्यु

धनगढी । कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा से ७ प ५४८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

धनगढी उपमहानगरपालिका–१७ का ४५ वर्षीय धनिराम चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर