इक्वेडरका कप्तान ब्राजिलियन क्लब इन्टरनासनलमा अनुबन्धित

काठमाडौं । इक्वेडरका कप्तान इनर भ्यालेन्सिया ब्राजिलियन क्लब स्पोर्ट्स क्लब इन्टरनासनलमा अनुबन्धित भएका छन् ।

ब्राजिलियन क्लबले भ्यालेन्सियालाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।

टर्किस क्लब फेनरवाचसँगको सझौता सकिएपछि भ्यालेन्सिया ब्राजिलियन क्लब गएका हुन् ।

३३ वर्षीय फरवार्डले तीन सिजन टर्किस क्लबमा बिताएका थिए ।

भ्यालेन्सियाले ब्राजिलियन क्लबमा १३ नम्बरको जर्सी लगाउने छन् ।

भ्यालेन्सियाले इक्वेडरका लागि ७७ खेलमा ३८ गोल गरिसकेका छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर