आप्रवासी शरणार्थी बोकेको डुङ्गा डुब्दा ५९ जनाको मृत्यु

काठमाडौं । ग्रीसको दक्षिणपश्चिमी क्षेत्रमा आप्रवासी शरणार्थी बोकेको डुङ्गा डुब्दा ५९ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएअनुसार घटनामा एक सय चार जना यात्रुको उद्धार गरिएको छ । त्यसैगरी, बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको समाचारमा जनाइएको छ ।

हेलेनिक कोस्ट गार्डले इमेलमार्फत जारी गरेको प्रेस विज्ञप्तिअनुसार कुनै पनि यात्रुसँग लाइफ ज्याकेट थिएन । यो घटना पाइलोस शहरको तटमा भएको थियो । ग्रीसको राष्ट्रिय प्रसारक ईआरटीका अनुसार दुर्घटनाबाट बच्न सफल आप्रबासीहरूले अधिकारीहरूलाई माछा मार्ने डुङ्गा लिबियाबाट इटालीतर्फ हिँडेको समयमा ग्रीसमा दुर्घटना भएको बताएका छन् ।

ग्रीस सन् २०१५ देखि शरणार्थी र आप्रवासी आगमनमा अग्रङ्क्तिमा रहँदै आएको छ र विगत आठ वर्षमा एजियन सागरमा सयौंको मृत्यु भएको छ भने हजारौँलाई समुद्रबाट उद्धार गरिएको छ । एजेन्सी (सांकेतिक तस्वीर)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर