युक्रेनको थप भूमि कब्जा गर्ने रुसी राष्ट्रपति पुटिनको घोषणा

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको अझै धेरै भूमि कब्जा गर्ने घोषणा गरेका छन् ।

लामो समयपछि टेलिभिजनमा देखिनु भएका राष्ट्रपति पुटिनले रुसविरुद्ध प्रत्याक्रमणमा उत्रिएको युक्रेनी सेनाले ठूलो क्षति ब्यहोरेको दाबी गर्दै अझै धेरै भूमि कब्जा गरेर रुसलाई सुरक्षित राख्ने बताए ।

पछिल्ला दिनमा युक्रेनका १ सय ६० वटा ट्यांक र ३ सय ६० वटा युद्ध सामग्रीसहितका साधन ध्वस्त भएको भन्दै पुटिनले युक्रेनी प्रत्याक्रमणबाट रुसका ५४ वटा साधन नष्ट भएको जिकीर गरे ।

सिमावर्ती क्षेत्रमा युक्रेन समर्थित लडाकुहरुले गरेको आक्रमणप्रति संकेत गर्दै उनले जिस्क्याउन खोज्नेहरुलाई ठेगान लगाइने बताए । युक्रेन विरुद्ध अहिलेको अवस्थामा सेना थप्नु पर्ने जरुरी नदेखिएको भन्दै पुटिनले थप उपब्धिका लागि अघि बढ्नु परे मात्रै सेना थपिने बताए ।

पुटिनले युक्रेन विरुद्धको युद्धमा अहिलेसम्म रुसले आंशिक सेना परिचालन मात्रै गरेको जिकीर गरे । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर