युवा स्टार जुड बेलिङघम रियलमा अनुबन्धित

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले इंग्ल्यान्डका युवा स्टार जुड बेलिङघमलाई अनुबन्ध गरेको छ ।

ला लिगा जाइन्ट रियलले बेलिङघमलाई जर्मन क्लब बोरुसिया डर्टमण्डबाट अनुबन्ध गरेको हो ।

रियलले १०३ मिलियन युरोमा बेलिङघम अनुबन्ध गरेको हो ।

१९ वर्षीय बेलिङघमले रियलसँग ६ वर्षको सम्झौता गरेका छन् ।

उनी २०२० मा बिर्मिनघमबाट डर्टमण्ड आएका थिए ।

गत वर्ष उनले १९ वर्षको उमेरमै कप्तानी गर्दै क्लबको सबैभन्दा कान्छो कप्तान बनेर इतिहास रचेका थिए ।

बेलिङघमले यस सिजन ४२ खेलमा १४ गोल र ७ असिस्ट गरेका छन् ।एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर