एमबाप्पे अनुबन्धका लागि रियल मड्रिड मोटो रकम खर्चन तयार

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड केलियन एमबाप्पे अनुबन्धका लागि रियल मड्रिड मोटो रकम खर्चन तयार देखिएको छ ।

फ्रान्सको एक टेलिभिजनले एमबाप्पे अनुबन्ध गर्न रियलले २०० मिलियन युरो खर्चन तयार देखिएको जनाएको छ ।

ला लिगा क्लब रियल एमबाप्पे अनुबन्धका लागि लामो समयबाट लागि परेको छ ।

पछिल्लो समय पीएसजी पनि एमबाप्पेलाई बेच्ने तयारी गरेको छ ।

एमबाप्पेले सम्झौता नवीकरण नगर्ने बताएपछि पीएसजीले उनलाई बेच्ने तयारी गरेको हो ।

पीएसजीसँग फ्रेन्च फरवार्डको सम्झौता आगामी सकिदैछ ।

एमबाप्पेलाई फ्री ट्रान्सफरमा गुमाउनु पर्ने सम्भावना देखिएपछि पीएसजीले बेच्ने तयारी थालेको हो ।

२४ वर्षीय एमबाप्पेले पीएसजीलाई सम्झौता नवीकरण नगर्ने पत्र पठाएका छन्।

पीएसजीका कीर्तिमानी गोलकर्ता एमबाप्पे २०१७ मा मोनाकोबाट क्लब आएका थिए ।

एमबाप्पेले पीएसजीका लागि २६० खेलमा २१२ गोल गरेका छन्।

२०१८ को विश्वकप विजेता एमबाप्पेले फ्रान्सका लागि ६८ खेलमा ३८ गोल गरेका छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर