यस वर्षको मनसुन नेपाल भित्रियो, उच्च तापक्रम घट्दै जाने

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन नेपाल भित्रिएको जनाएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ रहेको महाशाखाले जनाएको छ । यद्यपि, यस वर्षको मनसुन सरदर मितिभन्दा एक दिन ढिला गरी नेपाल प्रवेश गरेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार नेपाल प्रवेश गरेको मनसुन कोशी, मधेश, बागमती प्रदेशका अधिकाशंक भूभाग र गण्डकी प्रदेशका पूर्वी भूभागमा पुगेको छ । नेपालका अन्य भूभागहरूमा भने केही दिनमा क्रमिक रुपमा मनसुन फैलिँदै जाने महाशाखाले जनाएको छ ।

मौसमविद् सञ्जिव अधिकारीले पश्चिमी वायु र भारतको विहारमा बनेको न्यून चापीय प्रणालीका कारण बुधबार रातिदेखि उपत्यका सहित देशका पहाडी भूभागमा वर्षा भएको जानकारी दिए । यसैगरी, बुधबार मधेश प्रदेशको पूर्वी तराईको तापक्रम केही घटे पनि पश्चिम तराईको भने तापक्रम घट्ने सम्भावना नरहेको मौसमविद् अधिकारीको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर