पत्रकारहरुलाई जबर्जस्ती निकालिएकोमा विरोध

काठमाडौं : नेपाल पत्रकार महासंघले कान्तिपुर मिडिया ग्रुपमा आबद्ध विभिन्न सञ्चारगृहमा कार्यरत पत्रकारहरुलाई जबर्जस्ती निकालिएकोमा विरोध जनाएको छ।

महासंघका महासचिव रोसन पुरीले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै जबर्जस्ती पत्रकार निष्काशनको विरोध गरेका छन्। महासचिव पुरीले विज्ञप्तिमा न्यूनतम पारिश्रमिक नदिएको, पत्रकार/कर्मचारीलाई जबर्जस्ती निकालेको र छाड्न दबाब दिएको उल्लेख गरिएको छ।

जबर्जस्ती पत्रकार निकाल्न र छाड्न दबाब दिन तत्काल रोक्न कान्तिपुर मिडिया ग्रुपलाई विज्ञप्तिमार्फत महासंघले आग्रह गरेको छ। कान्तिपुरमा आबद्ध पत्रकारहरुलाई जबर्जस्ती निष्काशन र दबाबविरुद्ध आन्दोलन गर्न वा कानूनी उपचारमा जान महासंघसँग सहयोग लिन आग्रहसमेत विज्ञप्तिमा गरिएको छ। पत्रकार महासंघले कान्तिपुरको बारेमा यस्तो विज्ञप्ति निकाल्दा महासंघको कान्तिपुर प्रतिष्ठान शाखा भने चुपचाप बसेको भन्दै सामाजिक सञ्जालमा विरोध भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर