राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन्। मुटुमा समस्या देखिएपछि भएपछि मंगलबार बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडललाई बुधबार बिहान ८ बजे डिस्चार्ज गरिएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ।

राष्ट्रपति नियमित स्वास्थ्य परीक्षणका क्रममा मंगलबार अस्पताल पुगेका थिए। चिकित्सकले उनको मुटुसम्बन्धी परीक्षणका लागि २४ घण्टा अस्पतालमा राख्नुपर्ने बताएपछि उनी त्यहाँ बसेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर