नेपालका विश्वविद्यालयमा राजनीतिमात्रै : प्रदेश प्रमुख गुरुङ

काठमाडौं । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालका विश्वविद्यालयमा राजनीतिमात्रै हुने गरेको टिप्पणी गरेका छन् ।

गण्डकी विश्वविद्यालयले आयोजना गरेको आविष्कार र अनुसन्धानको अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रदेश प्रमुख गुरुङले राजनीतिक दलहरुले विश्वविद्यालयलाई हतियारका रुपमा प्रयोग गर्ने गरेको बताए ।

उनले नेपालका ट्यालेन्टेड विद्यार्थी अध्ययनका लागि विदेशिने गरेको र थर्ड डिभिजनमा पास हुनेहरु विश्वविद्यालय आउने गरेको पनि कटाक्ष गरे । सम्बोधनमा उनले विश्वविद्यालयमा देखिएका विकृति र विसंगति हटाउन यसबारे अनुसन्धान आवश्यक रहेको उल्लेख गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर