सिन्धुपाल्चोकमा ट्रकको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

काठमाडौं । सिन्धुपाल्चोकमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मंगलबार हेलम्बु गाउँपालिका–४ स्थित ग्याल्थुङमा मिनी ट्रकको ठक्करबाट बराम्चेका ८ वर्षीय बालक शनिस तामाङको मृत्यु भएको हो ।

बा ४ ख ८७ नम्बरको ट्रकको ठक्करबाट घाइते भएका बालकको उपचारको क्रममा मेलम्ची नगर अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय हेलम्बुले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर