कोरियन फिल्मकी लोकप्रिय अभिनेत्री पार्क सू रयूनको २९ वर्षको उमेरमा निधन

काठमाडौं । कोरियन फिल्मकी लोकप्रिय अभिनेत्री पार्क सू रयूनको २९ वर्षको उमेरमा निधन भएको छ ।

पार्क सू रयूनको भर्याङ्बाट लडेर निधन भएको समाचारहरुमा जनाइएको छ । उनी भर्याङबाट लडेर गम्भिर घाइते अवस्थामा अस्पताल पुर्याइएको थियो । यद्यपि, लाखौं कोशिशपछि पनि चिकित्सकले उनलाई बचाउन सकेनन् । चिकित्सकहरुले उनको ब्रेन डेड भएको घोषणा गरेका छन् ।

पार्क सू रयूनले यसै साता जेजू आइल्याण्डमा प्रस्तुति दिने योजना थियो । तर उक्त प्रस्तुति दिने दिनभन्दा एक दिनअघि नै उनी यो संसारबाट विदा भइन् । उनको अचानक मृत्युको खबरले अहिले उनका प्रशंसकहरु दुःखी बनेका छन् ।

यसैबीच, उनकी आमाले आफ्नो छोरीको निधनमा दुःखी हुँदै छोरी नरहेता पनि उनको शरीरका अंगहरु दान गर्ने घोषणा गरेकी छिन् । उनी भन्छिन् – ‘मेरी छोरीको ब्रेन डेड भएता पनि मुटु त अहिले पनि धड्किरहेको छ । संसारमा त्यस्ता धेरै मानिस छन्, जसलाई अंगहरुको आवश्यकता छ । म पार्ककी आमा भएको नाताले भन्छु, उनको मुटु कोहि अरुकोमा धड्किँदा हामीलाई खुशी हुनेछ ।’

पार्कले सन् २०१८ मा टीआई टेन्योरबाट डेब्यू गरेकी थिइन् । त्यसपछि उनलाई विभिन्न म्यूजिक भिडियोमा देखियो । मिस्टर डेस्टिनी र द डेज वी लभ्ड उनले अभिनय गरेका गीतहरु हुन् । त्यसपछि उनले कोरियन शो स्नोड्रपमा काम गरिन । यहि कार्यक्रमबाट उनले पहिचान बनाउन सफल भएकी थिइन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर