जिल्ला न्यायाधीश न्यौपानेको प्रश्न : “हाइप्रोफाइलले अपराध गर्दैनन् ?”

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतमा अभियुक्तहरूको थुनछेकसबन्धमा बहस जारी छ । पूर्व गृहमन्त्री बालकृष्ण खाँणका तर्फबाट बचाउको बहस गर्दै गर्दा मंगलबार इजलास र वकिलबीच राम्रै सवालजवाफ भएको छ ।
खाँणका तर्फबाट प्रतिरक्षा बहस गरिरहेका नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष एवं वरिष्ठ अधिवक्ता शेरबहादुर केसी र जिल्ला न्यायाधीश प्रेमप्रकाश न्यौपानेबीच एक प्रकारले प्रश्नोत्तर चलेको देखियो ।

वरिष्ठ अधिवक्ता केसीले बालकृष्ण खाँण पूर्वगृहमन्त्री र नेपाली कांग्रेसका उच्च तहका नेता हुन्। उनी लामो राजनीतिक भविष्य भएका नेता हुन्। यही देखेर मिडियादेखि राज्य सबै मिलेर पक्राउ गर्नेदेखि समाचार लेख्नेसम्मका कार्य भयो। यो विशुद्ध फसाउँने उनलाई सिध्याउने कार्य मात्र हो भन्ने वहसका क्रममा बोल्न नटुंगिदै बीचैमा उनलाई रोक्दै न्यायाधीश न्यौपानेले प्रश्न गरे, “हाइप्रोफाइलले अपराध गर्दैनन् ? अपराध गरेको भनी उजुरी परेको छ। उजुरी परेपछि राज्य नलागे के लाग्छ त वरिष्ठ ज्यू ?” । न्यायाधीश न्यौपानेको सवालमा जवाफ दिँदै केसीले भने, ‘श्रीमान् अनुसन्धान गर्नै हुँदैन भनेको हैन। तर नियत राखेर फसाउँने गरी र सञ्चारमाध्यमको समाचार विक्ने कुरा हेरेर पक्राउ गरिएको देखियो। खाँणविरुद्ध जाहेरीमा केही नभएको र पार्टी सरकारमा रहेका कारण पनि उनीमाथि प्रहार भएको हो । निर्वतमान गृहमन्त्रीलाई ठूलो बनाउने र मिडियालाई हाइलाइट गराउन र यो प्रकरणलाई ठूलो बनाउन उनलाई पक्राउ गरेको देखियो । ‘तत्कालीन गृहमन्त्री खाँणलाई फसाउँन सचिव टेकनारायण पाण्डेलाई मेट्रोमा लगेर केरकार गरिएको छ। सचिवको काम फाइल राख्ने होइन। समग्र जिम्मा लिने हो। किन उनलाई यस्तो गरियो ? नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल उठाउने दुई जना कर्मचारीलाई चैं उन्मुक्ति दिइएको र सचिव तथा मन्त्रीलाई मात्र मुद्दा दायर गरेको देखियो श्रीमान् ।”

69


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर