बालेनले तोड्न लगाए स्कुलमा लगाइएको ताला

काठमाडौं । विभिन्न विद्यार्थी सङ्गठनले महानगरको क्षेत्राधिकारभित्र रहेका विद्यालयमा लगाएको ताला नगर प्रहरी बलले खोलेको छ । विभिन्न माग राख्दै विद्यार्थी सङ्गठनले तालाबन्दी गरेका थिए ।

यसरी ताला लगाइएका विद्यालयहरू वडा १५ ठूलो भर्याङ स्थित संस्कृति इन्टरनेशनल स्कूल र वडा ३ बाँसबारीमा रहेको युलियन्स स्कूल रहेको महानगरले जनाएको छ ।

यस विषयमा प्रतिक्रिया दिँदै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले विद्यालयले नियमको पालना नगरेको पाइए महानगरमा उजुरी गर्न अनुरोध अनुरोध गरे । प्रमुख शाहले भने, ‘हामी शैक्षिक गुणस्तर सुधारका लागि नियमित काम गरिरहेका छौँ । विद्यालयमा कसैले पनि राजनीति गरेको हामी कल्पना पनि गर्न सक्दैनौँ । चाहे त्यो सरकारी होस् वा निजी । ‘हामीले विद्यालयमा लगाएको ताला फोडेर शैक्षिक क्रियाकलाप नियमित गराएका छौँ ।’

यस अघि प्रमुख शाहले सार्वजनिक अपिल गर्दै शिक्षकलाई राजनीति नगर्न, कुनै दलको सदस्य लिएको भए त्याग गर्न अनुरोध गरेका थिए । यसैगरी विद्यालयमा राजनीतिक नगर्न दोस्रो पटक सार्वजनिक सूचनामार्फत पनि आग्रह गरिएको थियो ।

लक्षित वर्गका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनु पर्नेजस्ता नियमको पालना गराउन महानगर आफैँले नियमित अनुगमन र नियमनका काम गरिरहेको महानगरले दाबी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर