प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बास चार दिने राजकीय भ्रमणमा चीनको बेइजिङ पुगे

काठमाडौं । प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बास चार दिने राजकीय भ्रमणमा चीनको बेइजिङ पुगेका छन्ग्नुर ।

चीनले इजरायल प्यालेस्टाइन शान्ति वार्तालाई सहजीकरण गर्न मद्दत गर्ने अपेक्षाबीच अब्बास चीन पुगेका हुन्र ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीनमा अब्बासको यो पाँचौं भ्रमण हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अब्बासले चीनका राष्ट्रपति सी चीनफिङसँगै दुई पक्षिय हितका विषयमा कुराकानी गर्ने जनाएको छ ।

अब्बासले चीनका प्रधानमन्त्रीलगायत अन्य सरकारी अधिकारीहरुसँग पनि भेटवार्ता गर्ने बताइएको छ । चीनले प्यालेस्टाइनी जनताको अधिकार पुनस्थापनाका लागि सधैं दृढतापूर्व समर्थन गरेको जनाउँदै आएको छ ।

अब्बासको भ्रमणले बेइजिङले मध्यपूर्वमा आफ्नो सम्बन्ध बढाउन खोजेको कतिपयको टिप्पणी छ । यसैगरी साउदी अरेबिया र इरानबीच मेलमिलाप गराउन पनि मध्यस्थता गर्न चाहेकाले संयुक्त राज्य अमेरिकाको प्रभावलाई थप चुनौती दिने समाचारमा जनाइएको छ ।

चिनियाँ राष्ट्रपति सीले गत डिसेम्बरमा पहिलो चीन अरब राष्ट्र शिखर सम्मेलनका लागि साउदी अरेबियाको भ्रमणका क्रममा अब्बाससँग पनि भेटवार्ता भएको थियो । सोही क्रममा दुवै नेताबीच प्यालेस्टाइनी मुद्दाको चाँडै न्यायपूर्ण र दीगो समाधानका लागि काम गर्ने सहमति भएको थियो ।

सोही सहमतिलाई औपचारिकता दिन पनि अब्बासको भ्रमण केन्द्रीत हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर