‘सुन चोरेको हो भने प्रमाणित गरेर कालकोठरीमा जाकियोस् हैन भने आफूलाई बदनाम नगरियोस्’

काठमाडौं । पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलनकुमार थापाले जलहरि प्रकरणबारे अनियमितताको भएको पुष्टि गर्न चुनौती दिएका छन् ।

सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा पशुपतिनाथ मन्दिरमा राखेको जलहरिमा १० किलो सुन गायब भएको विषयमा उनले अनियमितता भएको प्रमाणित गरेर देखाए आफूलाई फाँसी दिए पनि मान्य हुने तर बद्नाम नगरिदिन आग्रह गरे ।

बैठकमा भावुक मुद्रामा बोलेका थापाले कि सुन चोरी भएको प्रमाणित गर्नुप¥यो होइन भने बद्नाम नगर्न आग्रह गरे । आफूलाई राज्यले कमजोर बनाएको बताउँदै सदस्यसचिव थापाले सुन चोरीको गलत आरोपले आफ्ना दुईवटा बच्चालाई पर्ने नकारात्मक मनोवैज्ञानिक असरबारे ध्यान दिनुपर्ने आवश्यकता औंल्याए । उनले भने, ‘सुन चोरेको हो भने प्रमाणित गरेर कालकोठरीमा जाकियोस् हैन भने आफूलाई बदनाम नगरियोस् ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर