राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई मुटुमा समस्या देखिएपछि बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना गरिएको छ । राष्ट्रपति पौडेललाई मंगलबार बिहान ११ बजे भर्ना गरिएको राष्ट्रपतिनिकट स्रोतले जनाएको छ। हृदयरोग केन्द्रका अनुसार राष्ट्रपति पौडेललाई अस्पतालको भिआईपी क्याबिनको २५४ नम्बर बेडमा राखिएको छ।

उनलाई आज दिनभर अस्पतालमा राखेर स्वास्थ्य अवस्थाको अवलोकन गर्न लागिएको हो । राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले सामान्य स्वास्थ्य जाँच मात्रै भएको बताए । हृदयरोग केन्द्रका चिकित्सकहरूले राष्ट्रपति स्वास्थ्यस्थितिबारे विस्तृत विवरण दिन अस्वीकार गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर