यान्कुबा न्युकासलमा अनुबन्धित

काठमाडौं । प्रिमियर लिग क्लब न्युकासल युनाईटेडले विंगर यान्कुबा मिन्तेहलाई अनुबन्ध गरेको छ ।

न्युकासलले गाम्बियाका विंगरलाई डेनिस क्लब ओडेन्सेबाट अनुबन्ध गरेको हो ।

१८ वर्षीय यान्कुबा जुलाई १ बाट न्युकासलमा सामेल हुनेछन् ।

यान्कुबाले यस सिजन सुपर लिगामा १७ खेल खेल्दै ४ गोल र ६ असिस्ट गरेका थिए ।

गाम्बियाका लागि उनले २ खेल खेलिसकेका छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर