“जनताले कांग्रेसबाट नयाँ प्रधानमन्त्रीको खोजी गरेकोछ”

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाले पुस्तान्तरणका लागि नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा मंगलवार पत्रकारहरूसँग कुराकानी गर्दै थापाले भने, “अब सभापतिले नेतृत्व हस्तान्तरण गरेर पार्टीमा पुस्तान्तरण गर्नुपर्छ,’ थापाले भने ‘यही गठबन्धनमा कांग्रेस नेतृत्वमा सरकारसमेत बन्ने पक्का भएकाले सभापतिले अब प्रधानमन्त्रीमा समेत दाबी गर्नु हुँदैन”, उनले भने, ‘उहाँ पाँच–पाँच पटक प्रधानमन्त्री भइसक्नु भएको छ । अब प्रधानमन्त्रीमा फेरि आश गर्नुहुँदैन। अरू जो सुकै बने पनि हुन्छ।”

नेपाली जनताले कांग्रेसबाट नयाँ प्रधानमन्त्रीको खोजी गरेको समेत आफ्नो आभाष भएको उनले बताए।
“मैले कुनै रिसइबी लिएर भनिरहेको छैन। पार्टी हितका लागि हो। नेपाली कांग्रेसले नयाँ नेतृत्व खोजी रहेको छ। यी कुरा लागु गर्न म लागिरहेको छु । अझै लाग्छु। परिवर्तन गर्न लागि रहेको छु, जोखिम उठाउने हो । फलका विषयमा चिन्ता गर्ने होइन । आज मेरो काम भनेको नेतृत्व र सरकारको नेतृत्व परिवर्तन गर्ने भन्ने हो ”, उनको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर