आँधीका कारण भारतमा पाँच जनाको मृत्यु

काठमाडौं । भारतमा हावाहुरी ८ किलोमिटर प्रतिघण्टाको गतिमा उत्तर–पश्चिमतर्फ सरिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मङ्गलबार बिहान साढे ५ बजे आएको हावाहुरी पोरबन्दरबाट ३०० किलोमिटर, द्वारकाबाट २९० किलोमिटर, जाखाउ बन्दरगाहबाट ३४० किलोमिटर, नलियाबाट ३५० किलोमिटर टाढा थियो । मौसम विज्ञान विभागका अनुसार चक्रवात असार १४ गते बिहानसम्म उत्तरतर्फ सर्ने र त्यसपछि पुनकर्भित भएर उत्तर–उत्तर पूर्व दिशामा सर्ने सम्भावना रहेको छ ।

एमडीका अनुसार, कच्छ, द्वारका, पोरबन्दर, जामनगर, राजकोट, जुनागढ र मोरबी जिल्लाका पृथक भागहरूमा जुन १४-१५ सम्म भारी वर्षाको चेतावनी जारी गरिएको छ। जुन १४ को तुलनामा १५ जुनमा बढी वर्षा हुने अनुमान गरिएको छ । हावाहुरी आगामी चार दिन पनि जारी रहने छ । यसको सबैभन्दा बढी असर सौराष्ट्र–कच्छ क्षेत्रमा पर्नेछ ।

माछा मार्नेहरूलाई असार १६ सम्म समुन्द्रमा नजान आग्रह गरिएको छ । गुजरातमा १४ जुनका लागि ओरेन्ज अलर्ट र १५ जुनका लागि रेड अलर्ट जारी गरिएको छ। अर्कोतर्फ, कच्छ(सौराष्ट्रमा मंगलबारदेखि समुद्री तटबाट १० किलोमिटर भित्रका गाउँका करिब २३ हजार मानिसहरूलाई आश्रय गृहमा लैजान ठूलो अभियान चलाइनेछ।

आँधीका कारण गुजरात र महाराष्ट्रमा पाँच जनाको मृत्यु भएको मध्ये, भुजमा दुई बालबालिका थिए । जसको पर्खाल भत्किँदा राजकोटमा एक महिलामाथि रूख खसेको थियो। त्यही क्रममा मुम्बईको जुहु बिचमा घुम्न गएका पाँचमध्ये चारजना केटाको समुन्द्रमा डुबेर मृत्यु भएको थियो । तीमध्ये दुई जनाको शव फेला परेको छ ।

आँधीको अवस्थालाई ध्यानमा राख्दै प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार आपतकालीन बैठक बोला । जसमा गृह मन्त्रालय, एनडीआरएफ र सेनाका अधिकारीहरू उपस्थित थिए। प्रधानमन्त्रीले जोखिमपूर्ण स्थानबाट सर्वसाधारणलाई सुरक्षित स्थानमा जान निर्देशन दिएका छन् । उनले कन्ट्रोल रुम २४सै घण्टा खुल्ला राखी स्थितिमा नियाल्नुपर्ने बताए । -एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर