समुद्री चक्रवात बिपरजोयले पाकिस्तानमा ठूलो क्षति पुर्याउन सक्ने चेतावनी

काठमाडौं । अरब सागरबाट उठेको समुद्री चक्रवात बिपरजोयले पाकिस्तानमा ठूलो क्षति पुर्याउन सक्ने चेतावनी पाकिस्तानको राष्ट्रिय विपत् व्यवस्थापन प्राधिकरण ९एनडीएमएले० दिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार चक्रवात तीब्र गतिमा पाकिस्तान र भारततर्फ अघि बढिरहेको र बिहिबारसम्ममा पाकिस्तान र भारतका तटीय क्षेत्रहरुमा ठूलै वितण्डा मच्चाउन सक्ने अनुमान एनडीएमएले गरेको हो ।

पाकिस्तानको सिन्ध प्रान्तमा आपतकाल घोषणा गरिएको छ । सिन्धको तल्लो तटीय क्षेत्रबाट करीब ८० हजार मानिसलाई सुरक्षित स्थानतर्फ सार्न सेना परिचालन गरिएको छ ।

सिन्धका मूख्यमन्त्री मुराद अलि साहले तल्लो तटीय क्षेत्रमा तत्काल घर खाँली गर्न आदेश दिएको बताएका छन् । कराँचीमा पनि तटीय क्षेत्रमा घर खाँली गरेर सुरक्षित स्थानमा जान भनिएको छ ।

कराँचीमा बादल फाट्ने प्रकृतिको घटना हुनसक्ने चेतावनी दिइएको छ । बलुचिस्तानमा पनि संकटकाल लागू गरिएको छ । पाकिस्तानभर भारी वर्षाको चेतावनी पनि दिइएको छ ।

प्रतिघण्टा एक सय ७० किलोमिटरसम्मको गतिमा आउने अनुमान गरिएको चक्रवातका कारण समुद्रमा ४० फिट माथिसम्म लहर उठ्ने चेतावनी दिइएको छ । यता भारतमा पनि गुजरातलगायतका राज्यहरुमा चक्रवातबाट हुनसक्ने क्षति न्युनिकरण गर्न सेना परिचालन गरिएको छ ।

गुजरात, पश्चिम वंगाल, राजस्थान, गोवा र सिक्किमसम्म चक्रवातको प्रभाव पर्ने चेतावनी दिइएको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर