मेयर बालेनको पछिल्लो एक्सन, दुई अस्पतालमा तालाबन्दी

काठमाडौं । काठमाडौं महानगरपालिकाका एक्सन ओरियन्टेड मेयर बालेन साहको पछिल्लो धमाकादार काममा काठमाडौंको दुई वटा अस्पतालमा तालाबन्दी गर्ने काम भएको छ ।

महानगरपालिकाको टोलीले बौद्धस्थित चाइनिज पिपुल्स अस्पताल र कोटेश्वर जडीबुटीस्थित हाम्रो सहयात्री अस्पताल तथा वर्थिङ सेन्टरमा हिजो सोमबार अनुमगन गरेको थियो। अनुगमनका क्रममा दुवै अस्पतालले दर्तालगायतका कानुनी कागजपत्र बुझाउन नसकेपछि दुवै अस्पतालमा महानगरले ताला लगाइदिएको थियो। महानगरको टोली चाइनिज पिपुल्स अस्पतालमा पुगेको र टोली आएको थाहा पाएलगत्तै अस्पतालका सञ्चालक र पदाधिकारी भागेका थिए भने अस्पतालमा कार्यरत कर्मचारीहरू कोठाभित्र लुकेका थिए।

टोलीले अस्पतालमा उपलब्ध केही सम्बन्धितसँग सोधपुछ गरेपछि अस्पताल अवैध रूपमा चलेको भन्दै ताला लगाउँदै जाँदा कर्मचारीहरू कोठाभित्र लुकेर बसेको फेला परेका थिए। महानगरको टोलीले कर्मचारीलाई आफ्ना कपडालगायतका सामग्री लिएर बाहिर जान भनेपछि अस्पताल ड्रेसमा रहेका कर्मचारी बाहिरिएका थिए । महानगरको टोलीले अस्पताल बन्द भएको सूचना दिँदै भर्ना भएका बिरामीलाई अन्यत्र जान सल्लाह दिँदै अस्पतालको प्रशासन कक्ष, ल्याब, ओपिडीलगायतका कोठामा ताला लगाइदिएको छ।

उक्त अस्पतालमा ताला लगाइसकेपछि महानगरको टोली कोटेश्वर जडीबुटीमा रहेको हाम्रो सहयात्री अस्पतालमा पुगेको थियो। उक्त अस्पताल निकै फोहोर र मापदण्डसमेत पूरा नभएको देखिन्थ्यो। महानगरको टोली पुगेपछि अस्पताल सञ्चालक आएका थिए।

टोलीले अस्पतालका आवश्यक सबै कागजपत्र मागेपछि सञ्चालकले सबै छ भनेर जवाफ दिए। तर अनुमगन टोलीले कागजपत्र उपलब्ध गराउन भनेपछि ती सञ्चालकले खोजेजस्तो गरे तर उपलब्ध भने गराउन सकेनन्। सञ्चालकका कुरा सुनेपछि अनुगमन टोलीले दर्तालगायतका कागजपत्र नभएको र कानुनी प्रक्रिया पूरा नभएकाले अस्पताल बन्द गर्छौं भन्दै ताला लगाएका थिए। टोलीले अस्पताल परिसरमा रहेको औषधि पसलमा पनि सिल गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर