हाडजोर्नीको समस्या, समाधान गर्ने कसरी ?

 काठमाडौं । हाडजोर्नीको समस्याले धेरैलाई सताउने गर्छ । हाडजोर्नी समस्याले खासगरी वृद्धवृद्धा, गर्भवती, रोगीलाई बढी सताउँछ । यो मौसममा बाथका रोगीलाई बढी समस्या देखापर्ने हाडजोर्नी विशेषज्ञहरू बताउँछन् ।

चिसो बढ्दै जादा जोर्नीहरूको दुखाइ बढ्न थाल्छ । जोर्नी दुखाइ सामान्य र गम्भीर गरी दुवै खालका हुन्छन् । यो समस्या वृद्धवृद्धा तथा दीर्घरोगीलाई मात्रै नभएर आजकल युवाहरू समेत हार्डजार्नीको समस्याबाट पीडित भएको पाइन्छ । बाथ भनेको जोर्नीहरूको झिल्लीमा आउने समस्या हो । चिकित्सकीय भाषामा यसलाई ‘आर्थराइटिस’ पनि भनिन्छ ।

उमेर बढ्दै जाँदा हाडजोर्नी तथा बाथ रोग देखिने गर्छ । बाथको समस्या एकैपटक देखिँदैन । बाल्यकालदेखि नै बाथ हुनसक्छ । उमेर बढेसँगै र चिसो मौसममा जोर्नीमा बढी समस्या देखापर्छ । तातो तथा गर्मी मौसममा जोर्नीका झिल्लीहरू कम मात्रामा सुनिन्छ । त्यसैले कम दुखाइ हुने गर्छ । हाडजोर्नी समस्यामा सुरुवाती अवस्थामा जोर्नीको दुखाइ र सुनिने नै हो ।

के हो बाथ रोग ? 

बाथ रोग हुँदा जाडो याममा जोर्नी दुखाइसँगै सुनिन सक्छ भने कसैकसैलाई जोर्नी दुखाइ मात्रै पनि हुन सक्छ । पहिलो अवस्थामा एउटा मात्रै गोली गाँठो सुनिन सक्छ । जोर्नी दुख्ने र सुनिने क्रम क्रमशः बढ्दै जान्छ । यस्तै, जोर्नीको दुखाइलाई सामान्य ठान्दा हात, खुट्टाको जोर्नी बिस्तारै बाङ्गिएर जटिल अवस्थामा पुग्न पनि सक्छ ।

जोर्नीसम्बन्धी हुने समस्यामध्ये कम्मर दुखाइ पनि बाथ हो । यही बाथकै कारण अपाङ्ग हुने अवस्था आउन सक्छ । हाड खिइएको खण्डमा पनि बाथको समस्या आउन सक्ने चिकित्सकहरू बताउँछन् । दीर्घरोगी जस्तै, प्रेसर र क्यान्सर लगायतका विभिन्न थरीका औषधि सेवन गर्ने दीर्घरोगीलाई बाथको समस्या छिट्टै निम्तिन सक्छ ।

समाधानका उपाय 

– हाडजोर्नी समस्या हुन नदिन सक्रिय जीवन बिताउनुका साथै दैनिक ४०, ४५ मिनेट हिँड्ने ।

–नियमित व्यायाम गर्ने । यसले शारीरिक रूपमा सक्रिय भई मांसपेशी र जोर्नीलाई रोगबाट बचाउन सकिन्छ ।

–बाथ रोग वंशाणु रोग पनि हुन सक्छ । त्यसैले बाथरोगी आमा बाबुबाट जन्मिएका सन्तानको हेरचाहमा सचेत हुनुपर्छ ।

–भाँडा माझ्दा, नुहाउँदा मनतातो पानीको प्रयोग गर्नुपर्छ ।

–बिहानै र रातीको समयमा सकभर नुहाउनु हुन्न । लुगा धुने र भाँडा माझ्ने काम दिउँसो गरियो भने चिसो कम भएर जोर्नीले सताउँदैन ।

–स्कुटर, मोटरसाइकल चलाउँदा हातमा न्यानो पञ्जा लगाउनुका साथै टोपी, मोजा लगाएर बाहिर निस्कने गर्नुपर्छ ।

–शरीर ढाक्ने तातो हुने कपडाहरू लगाउनुपर्छ ।

–गाउँघरमा भारी बोकेर उकाली ओराली गर्दा वा नियमित रूपमा क्षमताभन्दा बढी भारी बोक्दा पनि कम्मर , हात, खुट्टाको जोर्नी खिइने समस्या आउन सक्ने भएकाले ध्यान दिनुपर्छ ।

–जाडोमा हाड जोर्नीको समस्या हुन नदिन खानपानमा ध्यान दिनुपर्छ ।

–झोलिलो पदार्थ नियमित खानुपर्छ ।

–सागपात, पोषणयुक्त खानेकुरा नियमित खानुपर्छ ।

–प्रशस्त मात्रामा मनतातो पानी पिउनुपर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर