इटालीका पूर्वप्रधानमन्त्री सिल्भिओ बर्लुस्कोनीको ८६ वर्षको उमेरमा निधन

काठमाडौं । इटालीका पूर्वप्रधानमन्त्री सिल्भिओ बर्लुस्कोनीको ८६ वर्षको उमेरमा निधन भएको छ ।

मिडिया टाइकुन समेत रहेका बर्लुस्कोनीको फोक्सोमा भएको संक्रमणका कारण सान राफेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

पदमा रहँदा बर्लुस्कोनीले यौन प्रकरण र भ्रष्टाचार मुद्दाको सामना गर्नु परेको थियो । बर्लुस्कोनी चार पटक प्रधानमन्त्री समेत बनेका थिए ।

उनको निधनमा इटलीमा बुधबार राष्ट्रिय शोकको घोषणा गरिएको छ । बुधबार नै मिलान क्याथेड्रलमा अन्त्यष्टि गरिने भएको छ । अन्त्येष्टिमा हजारौं सहभागी हुने अनुमान गरिएको छ ।

बर्लुस्कोनीको निधनमा इटालियन र युरोपेली झण्डाहरु राष्ट्रब्यापी रुपमा झुकाएका छन् । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफुले एक सच्चा मित्र गुमाएको प्रतिक्रिया दिएका छन्, भने फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले परिवारप्रति समवेदना प्रकट गरेका छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर