एमालेद्वारा सुदूरपश्चिम प्रदेशसभाको बैठक बहिष्कार

काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशसभाको सोमबारको बैठक बहिष्कार गरेको छ । गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको सन्दर्भमा सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो धारणासहित मन्त्रिपरिषद् बैठकबाट निर्णय गर्नुपर्ने माग गर्दै बैठक बहिष्कार गरेको हो ।

यसअघि, हिजो प्रतिपक्षी दल राप्रपाका प्रदेशसभा सदस्य खेमादेवी बिष्टले पनि प्रदेशसभा बैठक बहिष्कार गरेकी थिइन् । सङ्घीय सरकारले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेर आगामी आर्थिक वर्षको बजेट भाषणमा एक सय शय्याको अस्पतालसहित प्रतिष्ठान सञ्चालन गर्ने बताएपछि एमाले विरोधमा उत्रेको जनाएको छ । पूर्व निर्णयअनुसार स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउनुपर्ने मागसहित यहाँ विभिन्न पक्षबाट आन्दोलन भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर