महिला हराइरहेकीले खबर गरिदिन परिवारजनको आग्रह

काठमाडौं । करिब ७८ बर्षीया मखमली शाही ठकुरी नामकी महिला विगत केही दिनदेखि हराइरहेकी उनका परिवारजनले जानकारी दिएका छन् । काठमाडौं धापासी निवासी ठकुरी गत जेठ २६ गतेदेखि परिवाजनका कुनै पनि सदस्यलाई केही पनि नबताइकन र कुनै गुनासो नै नगरी बेपत्ता भएको उनका छोरा भीम शाही ठकुरीले बताए ।

बेपत्ता महिलाका सम्बन्धमा प्रहरी–प्रशासनमा खबर गरिसकेको बताउँदै छोरा भीमले बेपत्ता ठकुरीलाई जहाँसुकै, जुनसुकै ठाउँमा, जे–जस्तो अवस्थामा जो–कसैले देखेमा नजिकको प्रहरीचौकी वा कार्यालयमा खबर गरिदिन वा ९८४९७४५१७७ (भीम), ९८०८२४३४४४ (केशव माहिला छोरा) वा ९८४३०३३७८७ (भदा ध्रुव) लाई खबर गरेमा आभारी हुने परिवारजनले बताएका छन् ।

बेपत्ता महिलाकी छोरा भीमका अनुसार आफ्नी आमा मानसिक रोगबाट पीडित भएको पनि जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर