नाला सफा गर्ने क्रममा ठूलो परिमाणमा बन्दुकको गोली फेला

काठमाडौं ।  नाला सफा गर्ने क्रममा आइतबार वीरगञ्जमा  ठूलो परिमाणमा बन्दुकको गोली फेला परेको छ ।

महानगरपालिकाको वडा नम्बर ६ मा नाला सफाइ गर्ने क्रममा प्लास्टिकको झोलामा पोको पारिएको अवस्थामा विभिन्न हतियारमा प्रयोग हुने १ सय ५ थान गोली फेला परेको हो ।

नाइन एमएमको ३२ थान, ३८ बोरको २४ थान, एसएलआरको ४ थान, हर्नेटको १७ थान र अन्य विभिन्नखाले बन्दुकमा लाग्ने गरी १०५ थान गोली फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ,

नालामा भेटिएको गोलीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर