चीनले क्युबामा जासूसी अड्डा सञ्चालन गरेको अमेरिकाको आरोप

काठमाडौं । चीनले कम्तिमा २०१९ देखि क्युबामा जासूसी बेस सञ्चालन गर्दै आएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनका एक शीर्ष अधिकारीले शनिबार यो दाबी गरेका हुन्।

चीनले आफ्नो खुफिया जानकारी सङ्कलन क्षमता अभिवृद्धि गर्ने विश्वव्यापी प्रयासको एक भागको रूपमा क्युबामा जासूसी बेस सञ्चालन गरिरहेको उनले बताए। अधिकारीले नाम नबताउने सर्तमा भने कि अमेरिकी गुप्तचर एजेन्सीहरूलाई क्युबाबाट विगत केही वर्षको जासूसीमा चीनको संलग्नता र विश्वव्यापी स्तरमा ठूलो मात्रामा गोप्य सूचना सङ्कलन गर्ने प्रयासको बारेमा थाहा छ। अधिकारीका अनुसार बिडेन प्रशासनले आफ्नो जासुसी अभियानलाई विस्तार गर्ने चीनको प्रयासलाई विफल पार्न प्रयासहरू बढाएको छ।

उनले भने कि बाइडेन प्रशासनले कूटनीति र अन्य अनिर्दिष्ट कार्यहरू मार्फत केही प्रगति गर्न सफल भएको देखिन्छ। अधिकारीले भने कि राष्ट्रपति जो बाइडेनले जनवरी २०२१ मा पदभार ग्रहण गरेलगत्तै, गुप्तचर एजेन्सीहरूले आफ्नो राष्ट्रिय सुरक्षा टोलीलाई चीनको पीपुल्स लिबरेशन आर्मी (पीएलए) ले विश्वव्यापी रूपमा आफ्नो प्रभाव बढाउने प्रयासको रूपमा विश्वभर पूर्वाधार र खुफिया सङ्कलन क्षमताहरू प्रयोग गरिरहेको जानकारी दिएका थिए। । –एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर