बाजुरामा ४.४ म्याग्निच्युडको भूकम्प

काठमाडौं । बाजुरामा सोमबार बिहान भूकम्प गएको छ ।। बाजुरा जिल्लाको बिछिया क्षेत्रमा केन्द्रविन्दु भएर आज बिहान ७ बजेर ३८ मिनेटमा ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
बाजुरामा पछिल्लो समय पटकपटक भूकम्प गइरहेको छ ।
प्रतिक्रिया