जोकोभिचले आफुले आफुलाई महान खेलाडी नभन्ने

काठमाडौं । सर्बियन टेनिस स्टार नोभाक जोकोभिचले आफु सर्वकालीन महान खेलाडी हो की हैन भन्ने कुरा आफुमा निर्भर नभएको बताएका छन् ।

कीर्तिमानी २३ औं ग्रान्डस्लाम उपाधि जितेपछि सर्बियन जोकोभिचले आफुले आफुलाई महान खेलाडी नभन्ने बताएका हुन् ।

आइतबार राति फ्रेन्च ओपनको उपाधि जित्दै उनले कीर्तिमानी २३ औं ग्रान्डस्लाम जितेका थिए ।

म यस छलफलमा प्रवेश गर्न चाहन्न । म आफ्नै इतिहास लेख्दैछु, ३६ वर्षीय जोकोभिचले भने,म सर्वकालीन महान हुँ भन्न चाहन्न । म ती छलफलहरू अरू कसैलाई छोड्छु ।

जोकोभिचले राफायल नाडाललाई पछि पार्दै २३ औं ग्रान्डस्लाम जितेका हुन् ।

तेस्रो पटक फ्रेन्च ओपन जित्ने क्रम उनले कास्पर रुडलाई हराए ।

फ्रेन्च ओपन उपाधिसँगै जोकोभिच विश्व नम्बर एक समेत बनेका छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर